News आयोजक डिपिएसलाई उपाधि
गोलनेपाल

बिराटनगर । दोस्रो डिपिएस रनिङ्ग शिल्ड अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि आयोजक दिल्ली पब्लिक स्कुल (डिपिएस) ले जितेको छ ।

शुक्रबार आयोजक स्कुल कै खेलमैदानमा भएको उपाधि भिडन्तमा डिपिएसले सनसाईन सेकेण्डरी स्कुललाई २–१ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

स्मरण रहोस, फाइनल प्रवेश गर्ने क्रममा आयोजक डिपिएसले अर्पन इङलिस स्कुललाई पराजित गरेको थियो भने सनसाईनले मोडर्न इरा स्कुललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

दिल्ली पब्लिक स्कुल, बिराटनगरको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा बिराटनगरका कुल १२ विद्यालयका फुटबल टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments