News विजेता हेटौडा उपमहानगर फुटबल टोलीलाई उपमहानगरको प्रोत्साहन रकम हस्तान्तरण
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । रत्ननगर नगरपालिकाले आयोजना गरेको पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको हेटौडा उपमहानगरपालिकाको फुटबल टोलीलाई गृहनगरमा नगदसहित सम्मान गरिएको छ ।

उपमहानगरले फुटबल टोलीलाई कार्यालय मै एक कार्यक्रमको आयोजना गरी प्रोत्साहन वापत नगदसहित सम्मान गरेको हो । टोलीले उपाधि जितेवापत नगद २ लाख ११ हजार प्राप्त गरेको थियो । जसमा हेटौडा उपमहानगरले कर कट्टा गरी टोलीलाई थप दुई लाख प्रोत्साहन रकम हस्तान्तरण गरेको हो ।

एक कार्यक्रमका बीच हेटौडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना लामा तथा उपप्रमुख राजेश बानियाँले उक्त चेक रकम हस्तान्तरण गरे । सो अवसरमा अन्य पदाधिकारी, खेलाडी र अफिसियलहरुको पनि उपस्थिति रहेको थियो ।

Post Comments