News
धनकुटामा शुक्रबारदेखि महिला गोल्डकप

धनकुटा । धनकुटामा शहिद रामकृष्ण श्रैष्ठ स्मृति प्रदेश स्तरीय महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
शहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा यहि माघ ३ गतेदेखि ७ गतेसम्म हुन गईरहेको प्रतियोगितामा प्रदेश १ का आठ जिल्लाका उत्कृष्ट टोलीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
धनकुटा स्थित टुंडिखेल मैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने आयोजकले जानकारी दियो ।
त्यस्तै प्रतियोगिता आयोजनाका लागि अनुमानित लागत करिब १३ लाख रहेको समेत आयोजकले जनाएको छ ।
Post Comments
Related News
- १२ औं रारा गोल्डकपमा चर्च ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश
- १२ औं रारा गोल्डकप: डिफेन्डिङ च्याम्पियन सहलेस पेनाल्टीमा पराजित, बिर्तामोड युनाइटेड सेमिफाइनलमा
- १२ औं रारा गोल्डकप: एल एक्स सिटी फुटबल क्लब सेमिफाइनलमा
- १२ औं रारा गोल्डकप: गोल्डेन स्टार भलुवा सेमिफाइनलमा
- धनकुटाको साँगुरीगढीमा बैशाख १७ गतेदेखि चौथो डाँडाबजार गोल्डकप हुने