साविक विजेता केराबारी फाइनलमा
गोलनेपाल

पानबारी । साविक विजेता केराबारी फुटबल क्लब, मोरङ जारी दोस्रो पानबारी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा केराबारीले दि योङ लर्ड बुद्ध क्लबलाई टाईब्रेकरमा हराउँदै उपाधि रक्षा नजिक पुगेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि टाईब्रेकरमा केराबारी ४–२ ले विजयी बन्यो ।

खेलमा केराबारीका सुजन मगर म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत जेठ ३ गते हुने फाइनलमा केराबारीले सिसिडिआइसी, धनकुटासँग उपाधिका लागि भिड्नेछ ।

पानबारी फुटबल क्लब, धरान, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments