भरतपुर । दोस्रो भरतपुर १८ गोल्डकप फुटबल प्रतियोगिता असोज १५ गतेदेखि हुने भएको छ । खेलकुद समन्वय समिति भरतपुर १८ गुञ्जनगरको आयोजनामा प्रतोयोगिता हुन लागेको हो ।
भरतपुर १८ वडा कार्यालय खेल मैदानमा २४ गतेसम्म चल्ने प्रतियोगितामा १० टोली सहभागी हुनेछन् । सहभागी टोलीको अन्तिम टुङ्गो केही दिनमा लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २२ हजार २२२ रूपैयाँ प्राप्त गर्नेछ ।
विधागततर्फ प्रतियोगिताभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स र सर्वाधिक गोलकर्तालाई पुरस्कृत गरिनेछ । प्रतियोगिताको तयारी तीव्र गतिमा भईरहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको मुख्य संरक्षकमा भरतपुर महानगरपालिका वडा नम्बर १८ रहेको छ । यस अघि पहिलो संस्करणको उपाधि आयोजक भरतपुर १८ ले जितेको थियो । प्रतियोगिताको प्रत्यक्ष प्रसारण गोल नेपालबाट हुनेछ ।