International
नेपाल आउँदै ब्राजिलियन लिजेण्ड रोबर्टो कार्लोस

काठमाडौं । ब्राजिलियन फुटबलका हस्ती तथा लिजेण्डरी फुटबल खेलाडी रोबर्टो कार्लोस जारी तेस्रो नेपाल सुपर लिग (एनएसएल) का लागि नेपाल आउने भएका छन् ।
एनएसएलले आफ्नो आधिकारिक पेजमातर्फ भिडिया पोष्ट गर्दै कार्लोस सुपर लिगमा आउन लागेको जानकारी गराएको हो । रोबर्टो कार्लोस आउने मिति घोषणा नगरिए तापनि एनएसएलका अनुसार कार्लोस लिगको क्वालिफायर म्याचका बेला बताइएको छ ।
स्मरण रहोस, सन् २००२ मा जापान–कोरियाले संयुक्त रुपमा आयोजना गरेको फिफा विश्वकपको उपाधि जितेका ५१ वर्षिय कार्लोसले स्पेनिस महारथी रियल मेड्रिड, इटालिन जायन्ट इन्टर मिलान जस्ता क्लबहरुबाट लामो समय व्यवसायिक फुटबल पनि खेले ।
Post Comments
Related News
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो
- आयोजक मुनाल र जि.सि २२ सेमिफाइनलमा
- तेह्रथुमको जलजलेमा केलाङ मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता शुरू
- तेह्रथुमको जलजलेमा बैशाख २३ देखि खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने
- मदन मेलाको उपाधिःपुरूष तर्फ सोधुङ सेन्दाङ र महिला तर्फ म्याङलुङ स्पोर्टिङलाई