
काठमाडौं । नेपालको राष्ट्रिय पुरुष फुटबल टोलीले हङकङको राष्ट्रिय पुरुष फुटबल टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि यसबारे आधिकारिक रुपमा पुष्टी गरेको छ । एन्फाका अनुसार नेपालले आउँदो जुन ५ तारीख (जेठ २२ गते) का दिन हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्नेछ ।
फिफा विन्डो अन्तर्गत रहेको उक्त मैत्रीपूर्ण खेल हङकङ मै हुनेछ । स्मरण रहोस, नेपाल र हङकङ दुवै एएफसी एसियन कपको तेस्रो चरणको छनौट प्रतियोगिताको तयारीमा छन् ।
जसअन्तर्गत समूह सी मा रहेको हङकङले जुन १० तारीखका दिन भारतसँग खेल्ने कार्यक्रम छ । त्यस्तै समूह एफमा रहेको नेपालले सोही दिन लाओससँग खेल्ने कार्यक्रम छ ।
फिफा वरियतामा नेपाल १७५औं स्थानमा छ भने हङकङ १५३औं स्थानमा रहेको छ । नेपाल र हङकङ अन्तर्राष्ट्रिय फुटबलमा सन् १९८८ मा अन्तिमपटक र एकपटक मात्र भिडेका थिए । एसियन कप छनौटतर्फ नै भिडेका यी दुई टोलीबीचको उक्त खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै