News एएफसी महिला एसियन कपमा छनौट भएको भारतीय टोलीले नगद ५० हजार डलर पाउने
गोलनेपाल

काठमाडौं (एजेन्सी) । छनौट प्रतियोगितामा शतप्रतिशत नतिजाका साथ प्रतिष्ठित एएफसी महिला एसियन कपका लागि छनौट भएको भारतीय महिला फुटबल टोली नगदसहित पुरस्कृत हुने भएका छन् ।

भारतीय फुटबलको सर्वोच्च निकाय अल इण्डिया फुटबल फेडरेशन (एआइएफएफ) ले राष्ट्रिय महिला फुटबल टोलीलाई एसियन कपमा छनौट भए वापत नगद ५० हजार डलरसहित पुरस्कृत गर्ने घोषणा गरेको हो ।

स्मरण रहोस, छनौट प्रतियोगितातर्फ समूह बी मा रहेको भारतले बलियो आयोजक थाइल्याण्डसहित इराक, टिमोर लिस्टे र मंगोलियालाई हराउँदै समूहको शिर्ष स्थानमा रहेर अर्को वर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपका लागि छनौट भएको थियो ।

दक्षिण एसियाबाट भारत बाहेक बंगलादेश पनि पहिलोपटक एएफसी महिला एसियन कपका लागि छनौट भएको छ । नेपाल भने छनौटको संघारमा पुगेर निर्णायक मानिएको खेलमा आयोजक उज्वेकिस्तानसँग पराजित हुँदै समूह चरणबाटै बाहिरिन पुगेको थियो ।

Post Comments