ANFA
आर्मीलाई निराश बनाउँदै चर्च ब्वाईज सेमिफाइनलमा

इलाम । चर्च ब्वाईज युनाइटेड, काठमाडौं जारी दोस्रो एनआरएनए इलाम गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ चर्च ब्वाईजले त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौंलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने तेस्रो टोली बनेको हो । चर्च ब्वाईजको जितमा रोहन कार्की र अर्माण्डले गोल गरे । पराजित आर्मीका लागि भने निरज चौधरीले पेनाल्टी मार्फत एक मात्र गोल फर्काएका थिए ।
खेलमा चर्च ब्वाईजका रोहन कार्की म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत मंसिर २५ गते मंगलबारको चौथो क्वाटरफाइनल खेल रेड स्टार फुटबल क्लब, झापा र मच्छिन्द्र फुटबल क्लब, काठमाडौं बीच हुने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- प्रधानमन्त्री ओली : ‘खेलाडीहरू अब खेल खेलेरै बाँच्न सक्ने स्थिति निर्माण भएको छ’
- नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने