
मिकाखोला । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ स्थित साँवामा खुला पुरुष फुटबल तथा अन्तर वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । साँवाको थलङ स्पोर्टिङ क्लबको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।
सदरमुकाम फुङ्लिङमा क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । किरात लिम्बू समुदायको सांस्कृतिक पर्व चासोक तङ्नाम (न्वागी पर्व) अवसरमा मङ्सिर ३० देखि पुस ५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने क्लबका अध्यक्ष मणिकुमार थलङले जानकारी दिए ।
उनका अनुसार खुला पुरुष फुटबलतर्फ विजेताले एक लाख एक हजार १११ नगदसहित ट्रफी पाउनेछ । उपविजेताले ६१ हजारमा चित्त बुझाउने छ । त्यस्तै, अन्तर वडास्तरीय भलिबलतर्फ विजेताले ५० हजार र उपविजेताले ३० हजार पाउने छन् ।
खेलकुद क्षेत्रको विकाससँगै खेलकुदका माध्यममार्फत मिक्वाखोला गाउँपालिकामा रहेका फुङ्फुङे झरनासहितका पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने र मौलिक संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका सचिव पूर्ण थलङले बताए ।
- नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने