
महुली । पेनाल्टी शुटआउटमा जित निकाल्दै एमवाइसी, सप्तरी जारी प्रथम महुली मिनी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
महुली, सप्तरी स्थित भुजेल टोल खेलमैदानमा भएको खेलमा एमवाइसीले शान्ति युथ क्लब, इटहरीलाई पेनाल्टी शुटआउटमा ५–३ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
खेलमा एमवाइसी, सप्तरीका गोलरक्षक अभिषेक चौधरी म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंसिर १९ गते बुधबारको खेल बुद्ध युनिटी क्लब, रामपुर र पाथीभरा फुटबल क्लब, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।
अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ६ को कार्यालयको आयोजना तथा महुली फुटबल क्लब, महुली, सप्तरीको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३३ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर २५ गतेका दिन हुनेछ ।
- प्रधानमन्त्री ओली : ‘खेलाडीहरू अब खेल खेलेरै बाँच्न सक्ने स्थिति निर्माण भएको छ’
- नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने