ANFA
मनाङ र पुलिसको जित

काठमाडौं । ललित स्मृति यु–१८ फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबले आ–आफ्नो खेलहरुमा जित हात पारेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले जावलाखेल युथ क्लबमाथि ५–० को सहज जित निकाल्यो । यो जितपछि १४ खेलबाट २५ अंक जोडेको मनाङ लिगतालिकाको पाँचौं स्थानमा छ । पराजित जावलाखेल भने १९ अंकका साथ आठौं स्थानमा छ ।
अर्को खेलमा पुलिसले त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले हरायो । यो जितपति १४ खेलबाट २९ अंक जोडेको पुलिस शिर्षता कै होडमा कायम छ । पराजित आर्मी भने ९ अंकका साथ लिगतालिकाको दशौं स्थान मै संघर्षरत छ ।
Post Comments
Related News
- तेह्रथुमकी सेमिहाङमा साफ गेम खेल्न बंगालादेश जॉदै
- केलाङ मेला तेह्रथुमको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई
- केलाङ मेला तेह्रथुमः उपाधिका लागि चुलाचुली र सम्दुको भिडन्त पक्का
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो