ANFA
ध्रुवतारा कपः दमक ३ फाइनलमा, उपाधिका लागि दमक ४ सँग भिड्ने

दमक । सहज जितका साथ दमक ३ यहाँ जारी ध्रवतारा कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको दोस्रो सेमिफाइनलतर्फ दमक ३ ले बिआरसी बेलडाङ्गीलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै फाइनल प्रवेश गरेको हो ।
खेलमा दमक ३ का निश्चल बस्नेत म्यान अफ दि म्याच चुनिए । दमक ३ ले अब मंसिर ५ गते हुने फाइनलमा दमक ४ सँग उपाधिका लागि भिड्नेछ ।
ध्रुवतारा स्र्पोटिङ क्लब, दमक, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने