सिन्धुवा । पाख्रीबास नगरपालिका, छथर जोरपाटी गाउँपालिका र धनकुटा नगरपालिका धनकुटामा जारी दोस्रो पालिकास्तरीय अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा पाख्रीबासले महालक्ष्मी नगरपालिकालाई टाईब्रेकरमा ५–४ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ पाख्रीबासका लागि अर्पन तामाङ र उज्ज्वल भण्डारीले गोल गरेका थिए भने महालक्ष्मीका लागि बिबश गुरुङ र बिनोद क्षेत्रीले गोल गरेका थिए । यद्यपि टाईब्रेकरमा भने पाख्रीबास सफल बन्यो । खेलमा पाख्रीबासका अर्पन तामाङ प्लेयर अफ द म्याच बने ।
त्यस्तै तेस्रो क्वाटरफाइनलमा छथर जोरपाटीले साँगुरीगढी गाउँपालिकालाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान बनायो । छथर जोरपाटीका लागि बिक्रम लिम्बुले दुई गोल गर्दा थप एक गोल पर्वत दाहालले गरे । उता पराजित साँगुरीगढीका लागि भने संगम राईले गोल गरेका थिए । खेलमा छथर जोरपाटीका बिक्रम लिम्बु प्लेयर अफ द म्याच बने ।
त्यस्तै चौथो क्वाटरफाइनलमा धनकुटा नगरपालिकाले चौबिसे गाउँपालिकालाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान बनायो । धनकुटाको जितमा दिपु शाक्य र संजय रमतेलले गोल गरे । खेलमा धनकुटा कै पदम भट्टराई प्लेयर अफ द म्याच बने ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)