News स्याङ्जामा पाँचौं होराईजन कप कार्तिक दोस्रो सातादेखि
गोलनेपाल

भुम्रे । होराईजन क्लब, भुम्रे, स्याङ्जाको आयोजनामा आगामी कार्तिक १४ देखि २१ गतेसम्म पाँचौं होराईजन कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

“फुटबलको शान, भुम्रेको पहिचान” भन्ने नाराका साथ वालिङ–९ स्थित भुम्रे खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिसकेको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५५५ पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

Post Comments