
हेटौंडा । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद बिकास समितिको आयोजनामा जारी पाँचौ हेटौडा मेयर कप फुटबल प्रतियोगिताको आईतबारबाट क्वाट्फाईनलका खेलहरु बाट जित निकाल्दै वडा न ३ र वडा नं १५ सेमीफाईनलमा प्रबेश गरेका छन ।
आईतबार भएको पहिलो क्वाटरफाईनल खेलमा वडा न ३ ले वडा न ८ लाई ३–१ ले पराजित गरेर सेमीफाईनल प्रबेश गरेको हो । खेलमा बिजयी टिमका खेलाडी बिजय दोङले ह्याट्रिक गरेका थिए उत्कृष्ट खेल खेल्दै ह्याट्रिक गरेका बिजय नै खेलको म्यान अफ द म्याच घोषित भए त्यस बापतमा नगद दुई हजारसहित ट्रफि प्राप्त गरे । वडा नं ८ को तर्फबाट भने बिजय बिकले सान्तवना गोल गरेका थिए ।
त्यसैगरी आईतबार नै भएको दोस्रो क्वाटरफाईनल खेलमा वडा न १५ ले वडा नं १० लाई तिन दुई गोल अन्तरले पराजित गरेर सेमीफाईनल प्रवेश गर्ने दोस्रो टोली बन्न सफल भएको छ । निकैनै प्रतिसप्रधात्मक खेलमा वडा नं १५ का रिषिराम मोक्तान, सुरेश वाईबा र अरुण गोले ले एक एक गोल गरेका थिए भने वडा नं १० को तर्फबाट भने बिके तामाङले दुई गोल गरेका थिए । खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका वडा न १५ का अरुण गोले खेलको म्यान अफ द म्याच भए त्यस बापतमा नगद दुई हजारसहित ट्रफि प्राप्त गरे ।