दमकडा ब्रदर्श क्वाटरफाइनलमा
सुरज राना मगर

तानसेन । युवा खेलाडीहरुले भरिएको पाल्पा फुटबल एकेडेमीमाथि सहज जित निकाल्दै दमकडा ब्रदर्श फुटबल क्लब यहाँ जारी तेस्रो न्यु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

तानसेन स्थित टुंडिखेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फमा दमकडाले पाल्पा एफएमाथि ६–१ को सहज जित निकाल्यो । खेलमा दमकडाका सन्तोष कार्की म्यान अफ दि म्याच घोषित भए ।

हारपछि युवा खेलाडीहरुलाई अझै सिकाई कै क्रममा रहेको र उनीहरुलाई एक्सपोजर मिलोस भनेर प्रतियोगितामा सहभागिता जनाएको पाल्पा फुटबल एकेडेमीका प्रशिक्षक रितेश मल्लले बताए । साथै सम्भावना बोकेका खेलाडीहरु भएकोले ती खेलाडीहरुले आउने दिनमा राम्रो गर्ने विश्वास समेत प्रशिक्षक मल्लले व्यक्त गरे ।

प्रतियोगिता अन्तर्गत जेठ ८ गते बिहीबारको प्रिक्वाटरफाइनल खेल भगवती युथ क्लब र न्यु हिमाली युथ क्लबबीच हुने प्रचार प्रसार संयोजक अमृत केसीले जानकारी दिए ।

न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ १७ गतेका दिन हुनेछ ।

Post Comments