एपीएफ पकली सेमिफाइनलमा, युनाइटेड क्लब तरहरा १–० ले पराजित
गोलनेपाल

सुनसरी । इटहरी–२० स्थित बौभासी खेल मैदानमा जारी प्रथम तरहरा कप फुटबल प्रतियोगिता–२०८३ को अन्तिम क्वार्टरफाइनल खेलमा एपीएफ पकलीले घरेलु टोली युनाइटेड क्लब तरहरा लाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

बुधबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा एपीएफ पकलीका लागि निर्णायक गोल सन्दीप श्रेष्ठले पहिलो हाफको इन्जुरी समयमा गरे। करिब २५ यार्ड टाढाबाट प्रहार गरेको उनको उत्कृष्ट फ्रिकिक सिधै जालीमा पुगेपछि युनाइटेड क्लब तरहराका गोलरक्षकले कुनै प्रतिक्रिया जनाउन सकेनन्।

पहिलो हाफमा प्राप्त १–० को अग्रतालाई एपीएफले दोस्रो हाफभर कायम राख्यो। दोस्रो हाफमा दुवै टोलीले केही राम्रा अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन। विशेष गरी एपीएफका गोलरक्षक सन्दीप भिक्का ले उत्कृष्ट बचाउ गर्दै टोलीको जित सुनिश्चित गरे।

उत्कृष्ट प्रदर्शन गरेका निर्णायक गोलकर्ता सन्दीप श्रेष्ठ खेलको प्लेयर अफ द म्याच घोषित भए।

Post Comments