कैलाली । कैलारी गाउँपालिका–४, के गाउँस्थित न्यू युवा सुन्दर शक्ति क्लब (एनवाईएसएससी) को आयोजनामा सुदूरपश्चिमकै ऐतिहासिक २७औँ महिला तथा पुरुष फुटबल प्रतियोगिता–२०८३ आगामी भदौ २० गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने भएको छ। थारु समुदायको विशेष पर्व अटवारी तथा महिलाहरूको महान् पर्व हरितालिका (तीज) को अवसरमा आयोजना हुन लागेको प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढिरहेको आयोजकले जनाएको छ।
भदौ २० गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि इच्छुक क्लबहरूलाई भदौ १० गतेभित्र टोली दर्ता गराउन आयोजकले आग्रह गरेको छ। प्रतियोगितामा महिला तथा पुरुष दुवै विधामा उत्कृष्ट टोलीहरूबीच प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टोलीले नगद रु. १,००,००० तथा महिलातर्फ प्रथम हुने टोलीले नगद रु. ४०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। मुख्य प्रायोजक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., धनगढी–५, हसनपुर, कैलाली रहेको छ भने मुख्य प्रवर्द्धक कैलारी गाउँपालिका तथा सह–प्रवर्द्धक कैलारी गाउँपालिका–४ नं. वडा कार्यालय रहेका छन्।
क्लबका अध्यक्ष बि.एल. चौधरी ले प्रतियोगितालाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी तीव्र गतिमा भइरहेको जानकारी दिँदै देशभरका उत्कृष्ट टोली, खेलाडी, खेलप्रेमी तथा शुभेच्छुकलाई समयमै टोली दर्ता गराई प्रतियोगितालाई सफल बनाउन आग्रह गरेका छन्।
प्रतियोगिताका सम्पूर्ण खेलहरू गोलनेपाल डट कममार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ। यसबाट देश तथा विदेशमा रहेका नेपाली फुटबलप्रेमीहरूले प्रतियोगिताको रोमाञ्च प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन्।
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- आयोजक युथ अफ टीकापुर फाइनलमा, प्रतीक्षा शीर्ष गोलकर्ताको दौडमा अग्रस्थानमा
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- प्राविधिक कारणले १४ जीआर एफसी र एनवाइएमईएस बर्दियाबीचको खेल स्थगित, अब वैशाख ३० गते हुने