News
प्रिती राई चोटिल
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली र एपिएफ फुटबल क्लबकी चर्चित मिडफिल्डर प्रिती राई चोटिल बनेकी छिन् । प्रिती हाल नुवाकोटमा जारी प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता खेल्ने क्रममा चोटिल बनेकी हुन् ।
नुवाकोटको बट्टारमा जारी बागमती प्रदेश मुख्यमन्त्री कपको दोस्रो सेमिफाइनलतर्फ रौतहट विरुद्ध खेल्ने क्रममा प्रिती घाइते बनेकी थिईन् । उनलाई थप उपचारका लागि अस्पताल पनि पुर्याइएको थियो । उनको चोटको अवस्था र विस्तृत विवरण भने खुलाइएको छैन ।
स्मरण रहोस, सो खेलमा एपिएफले रौतहटलाई ५–० ले हराउँदै फाइनल प्रवेश गरेको थियो । एपिएफले अब उपाधिका लागि अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग फाइनल खेल्नेछ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- कम्बोडियामा रेखाको डेब्यु गोल
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु