News कम्बोडियामा रेखाको डेब्यु गोल
गोलनेपाल

काठमाडौं । कम्बोडियाको शिर्ष महिला लिग खेलिरहेकी नेपालकी चर्चित फरवार्ड रेखा पौडेलले कम्बोडियन लिगको आफ्नो पहिलो खेलमै डेब्यु गोल गरेकी छिन् ।

लिग अन्तर्गत शनिबार रेखाको टोली फ्नोम पेन क्राउन एफसीले बोउङ केटलाई ५–० ले हराउँदा रेखाको नाममा एक गोल रह्यो । रेखाले खेल शुरु भएको १०औं मिनट मै आफ्नो डेब्यु गोल र टोलीका लागि पहिलो गोल गरेकी थिईन ।

त्यस्तै शनिबार नै भएको अर्को खेलमा कम्बोडियन लिग मै व्यस्त प्रिती राईको टोली प्रेय खोन रिच स्वाय रिङले सिम रिपसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलमा प्रितीले टोलीको पहिलो रोजाई मै रहेर पूरा समय खेलिन् ।

 

Post Comments