News
लम्की फुटसल फाइनल प्रवेश गर्ने पहिलो टोली
सुखड । संघर्षपुर्ण जित निकाल्दै लम्की फुटसल एण्ड ट्रेनिङ्ग सेन्टर यहाँ जारी प्रथम वडा अध्यक्ष कप यु–२० फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलतर्फ लम्की फुटसलले घरेलु टोली घोडाघोडी क्लबलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेका हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा लम्की फुटसल ५–४ ले विजयी बन्यो ।
खेलमा लम्की फुटसलका डेविड बिष्ट म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत्र २१ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल बाघमारा स्पोर्टस क्लब र मसुरिया फुटबल एकेडेमीबीच हुने आयोजकले जानकारी दियो ।
घोडाघोडी क्लब, सुखड, कैलालीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २३ गतेका दिन हुनेछ ।

Post Comments
Related News
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- आयोजक युथ अफ टीकापुर फाइनलमा, प्रतीक्षा शीर्ष गोलकर्ताको दौडमा अग्रस्थानमा
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- प्राविधिक कारणले १४ जीआर एफसी र एनवाइएमईएस बर्दियाबीचको खेल स्थगित, अब वैशाख ३० गते हुने