काठमाडौं । तेस्रो नेपाल सुपर लिगतर्फ यसपटक पनि आफ्नो बलियो दावेदारिता पेश गर्ने क्रममा धनगढी फुटबल क्लबले उत्कृष्ट जित हात पारेको छ ।
लिगको आफ्नो पहिलो खेलमा धनगढीले बुटवल लुम्बिनी फुटबल क्लबमाथि ४–१ को प्रभावशाली जित निकाल्यो । धनगढीका लागि अहमद हिजाजीले दुई गोल गरे । खेलको पाँचौं मिनट मै हिजाजीले धनगढीका लागि पहिलो गोल गरेका थिए ।
तर, ३०औं मिनटमा केन्टा हाराले बुटवलका लागि बराबरी गोल फर्काएका थिए । पहिलो हाफसम्म दुवै टोलीले १–१ को बराबरी नै खेले । दोस्रो हाफमा भने धनगढीले अन्तिमतिर तीन गोल थप्यो । ७४औं मिनटमा कृतिष रत्न छुन्जुले धनगढीका लागि दोस्रो गोल गरे । त्यस्तै इन्जुरी समयमा हिजाजी र सर्जेबर्बोजा जुनियरले लगातार दुई गोल थप्दै धनगढीको उत्कृष्ट जित पक्का गरे ।
यो जितसँगै एक खेलबाट ३ अंक जोडेको धनगढीले गोलभिन्नतामा चितवनलाई पछि पार्दै शिर्ष स्थानमा उक्लिएको छ । उता पराजित बुटवल भने दुई खेलबाट १ अंकका साथ छैठौं स्थानमा छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै