News
समूह ई बाट जर्मनीसँगै इक्वेडर र आइभरी कोस्ट नकआउट चरणमा
काठमाडौं (एजेन्सी) । फिफा विश्वकपतर्फ समूह ई बाट तीन टोलीहरु जर्मनी, आइभरी कोस्ट र इक्वेडरले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन् ।
समूह चरणको अन्तिम खेलमा इक्वेडरले जर्मनीमाथि २–१ को सनसनीपूर्ण जित निकाल्यो । सोही समूहको अर्को खेलमा आइभरी कोस्टले कुरासाओलाई २–० ले पराजित गर्यो ।
यो नतिजापछि तीन खेलबाट समान ६–६ अंक जोडेका जर्मनी र आइभरी कोस्ट क्रमशः समूह विजेता र उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेका छन् । त्यस्तै ४ अंकका साथ तेस्रो स्थानमा रहेको इक्वेडरले उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीका रुपमा नकआउट चरणमा स्थान बनायो । एक अंकसहित पुछारमा रहेको कुरासाओको विश्वकपको चुनौति भने समाप्त भएको छ ।
Post Comments