च्याङग्रे । तिवारीभञ्ज्याङ फुटबल क्लब र राजगढ फुटबल क्लब जारी दोस्रो पौवादुङमा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शनिबार भएको क्वाटरफाइनलतर्फ तिवारीभञ्ज्याङले टेम्केमैयुङ गाउँपालिकालाई शून्यका विरुद्ध ३ गोलले हरायो । तिवारीभञ्ज्याङको जितमा ग्लोरी, मनोज राई र सुजन मगरले गोल गरे । खेलको म्यान अफ द म्याच पनि तिवारीभञ्ज्याङ कै ग्लोरी घोषित भए ।
अर्को खेलमा राजगढ फुटबल क्लबले नयाँ श्रीनाथ गणलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्यो । राजगढको जितमा आयुष श्रेष्ठ र बादल तामाङले गोल गरे । पराजित नयाँ श्रीनाथ गणका लागि भने मनोज लिम्बुले गोल फर्काएका थिए । खेलमा राजगढका श्याम मुर्मु म्यान अफ द म्याच चुनिए ।
गाउँपालिका खेलकुद विकास समिति, पौवादुङमा, भोजपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हातपार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ ९ गतेका दिन हुनेछ ।
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा