News
चितवन गोल्डकप : बिएफसी र देवदहबीचको सेमिफाइनल वर्षाका कारण स्थगित
चितवन । हानामी तेस्रो चितवन गोल्डकप फुटबल अन्तर्गत भरतपुर फुटबल क्लब बिएफसी र देवदह ब्वाईज रुपन्देहीबीचको पहिलो सेमिफाइनल खेल आजका लागि स्थगित भएको छ ।
पहिलो हाफ चलिरहेको अवस्थामा भारी वर्षा भएपछि दोस्रो हाफको खेल आजका लागि स्थगित भएको हो । आज स्थगित भएको दोस्रो हाफको खेल भोलि (बिहीबार) बिहान ८ बजे हुने प्रतियोगिता संयोजक धुर्व भुसालले जानकारी दिए ।
खेल स्थगित हुनुअघि बिएफसीले अग्रता लिएको थियो । बिएफसीका लागि मुकुन्द निउरेले गोल गरेका थिए । प्रतियोगितामा भोलि नै दोस्रो सेमिफाइनल खेल हुनेछ । दोस्रो सेमिफाइनलमा एप्पल गुरु सूर्यपुर एफसी र एनपेनाङ एफसी मलेसिया भिड्नेछन् । दोस्रो सेमिफाइनल दिउँसो ४ बजे हुनेछ ।
८ टोली सहभागी प्रतियोगिता असोज ३ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
Post Comments