News
युथ लिगः थ्रीस्टारको गोल वर्षा, एपिएफको पनि जित

काठमाडौं । एन्फा यु–१६ युथ लिगतर्फ बुधबार थ्रीस्टार क्लबले गोलको बर्षा गर्दै जित निकाल्दा अर्को खेलमा विभागीय टोली एपिएफ फुटबल क्लबले पनि सफलता हासिल गरेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टारले त्रिभुवन आर्मी फुटबल क्लबलाई शून्यका विरुद्ध १० गोलको फराकिलो अन्तरले हरायो । थ्रीस्टारका लागि श्रृजन श्रेष्ठ र रोहन भोम्जनले ह्याट्रिक गरे । त्यस्तै पुरन श्रेष्ठले दुई गोल गर्दा भुपेन्द्र रावत र जोङशेन खेन्चो काजीले समान एक–एक गोल गरे ।
त्यस्तै अर्को खेलमा एपिएफले सातदोबाटो युथ क्लबलाई २–१ ले पराजित गर्यो । एपिएफको जितमा अविनाश वाइबा र तेन्जिङ शेर्पाले गोल गरे । उता सातदोबाटोका लागि भने एपिएफ कै बिकेन खत्रीले आत्मघाती गोल गरेका थिए ।
Post Comments
Related News
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- जेसी ब्रदर्शलाई डि युनिटी कप यु–२० फुटबल प्रतियोगिताको उपाधि
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- खेलाडी संघको पहलमा युवा खेलाडी सन्देशको निःशुल्क शल्यक्रिया सम्पन्न