काठमाडौं । नेपाली फुटबल खेलाडीहरुको छाता संगठन नेपाल फुटबल खेलाडी संघको पहलमा मोरङ जिल्ला, बेलबारी निवासी युवा खेलाडी सन्देश आचार्यको निःशुल्क घँुडाको शल्यक्रिया सम्पन्न भएको छ ।
सन्देशको शल्यक्रिया खेलाडी संघको सहयोगी संस्था बी एण्ड बी अस्पतालमा सम्पन्न भएको हो । फुटबल खेलाडी संघले खेलाडीहरुको उपचारको पहल थालेयता सन्देश सुविधा उपभोग गर्ने २ सय ११औं खेलाडी रहेको समेत संघले जनाएको छ ।
करिब ८ महिनासम्म उपचारका लागि सन्देशले स्थानीय रुपमा कुनै सहयोग नपाएपछि बेलबारी फुटबल क्लबका प्रतिनिधि शंकर सुबेदीले फुटबल खेलाडी संघसँग सहयोगका लागि पहल गरेका थिए । अनि मात्र सन्देशको शल्यक्रिया सम्भव भएको हो ।
खेलाडी संघका अध्यक्ष बिक्रम लामाले दुःख र कठिन परिस्थतिमा परेका खेलाडीहरुलाई खेलाडी संघले सकेको सहयोग गर्ने बताए । साथै उनले खेलाडी संघको पहलमा शल्यक्रिय गरेका धेरै खेलाडीहरु हाल एन्फाको फिजियोथेरापी विभागमा निःशुल्क परामर्श तथा फिजियो गरेर मैदानमा फर्कने तयारी गरिरहेको समेत बताए ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”