Gorkhalis Abroad अमेरिकामा आठौं एनएसी कप हुँदै
गोलनेपाल

काठमाडौं । अमेरिकामा रहेका प्रवासी नेपालीहरुद्वारा स्थापित बाल्टिमोर एथलेटिक क्लबको आयोजनामा आउँदो जुलाई ४ देखि ६ तारीखसम्म आठौं नेप्लिज अमेरिकन कन्भेन्सन (एनएसी) कप फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन चाहनेहरुका लागि टिमदर्ता यसअघि नै खुला गरिसकिएको छ । प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि मई १८ तारीखसम्म १८०० डलर टिमदर्ता शुल्क तोकिएको थियो । मई १८ तारीखपछि भने क्लबहरुले टिमदर्ता गर्न २००० डलर तिर्नुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १८००० अमेरिकी डलर हात पार्नेछ भने उपविजेताले ८००० डलरसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यसबाहेक विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments