News
महिला लिगको फाइनल चरणको खेलतालिका सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ –एन्फा) ले महिला लिगको फाइनल चरणको लिगको खेलतालिका सोमबार सार्वजनिक गरेको छ ।
अन्तिम चरणको लिग खेलमा एपिएफ,आर्मी, पुलिस, वालिङ नगरपालिका र बागमती युवा क्लब गरी कुल पाँच टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । स्मरण रहोस, अन्तिम समयमा आएर कोशी प्रदेशले सहभागिता नजनाउने भएपछि बागमतीले अवसर पाएको हो ।
सहभागि कुल पाँच टोलीहरुले एक अर्काबीच डबल राउण्ड रोबिन लिगका आधारमा खेल्नेछन् । एन्फाले निकालेको खेलतालिका अनुसार लिग चरणका खेलहरु एन्फा कम्प्लेक्समा हुनेछन् भने इलिमिनेटर, क्वालिफायर र फाइनल खेल दशरथ रंगशालामा हुनेछन् ।
पुष १८ गते हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र बागमती युथ क्लब भिड्ने छन् । लिगको समापन भने माघ १६ गतेका दिन हुनेछ ।
खेलतालिका हेर्नुहोस्ः
Post Comments
Related News
- साफ यु–२० महिला च्याम्पियनसिपः नेपालको पनि विजयी शुरुवात
- युथ लिगमा चर्च ब्वाईजको पहिलो र शानदार जित
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान