News
हेटौडामा हुने वडा अध्यक्ष कप यु–१५ फुटबल प्रतियोगिताको तयारी पूरा

हेटौडा । पिप्ले युवा क्लब, हेटौडाको आयोजनामा यही मंसिर २७ गतेदेखी ३० गतेसम्म आयोजना हुने वडा अध्यक्ष कप युथ–१५ एट–ए साईड फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
प्रतियोगिताको उदघाटन खेल नागस्वती फुटबल एकेडेमी र हर्नामाडी सृजनसिल क्लब बिचमा हुनेछ । वडा न ५ को मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेताले नगद ५० हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
साथै बिधागत उत्कृष्ट खेलाडीहरूलाई पनि नगद ३५०० प्रदान गरिने आयोजक कमिटिका अध्यक्ष सुबिन घिमिरेले जानकारी दिए । । प्रतियोगितामा मकवानपुर सहित बारा, पर्सा, चितवनको गरि २० टिमको सहभागिता रहेको छ ।
स्मरण रहोस, “राष्ट्रिय खेलाडी बन्ने होड खेलाडी उत्पादनमा जोड भन्ने मुल नाराका साथ पिप्ले युवा क्लबले प्रत्येक बर्ष युथ प्रतियोगिता गर्दै आइरहेको छ ।
त्यस्तै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सम्पुर्ण खेलहरुको प्रत्यक्ष प्रसारण गर्नेछ ।
Post Comments