News
शिर्षता कै होडमा एनआरटी, मच्छिन्द्र र एपिएफको बराबरी

काठमाडौं । उपाधि होड मै रहेको न्युरोडटिम (एनआरटी) ले ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगितामा आइतबार महत्वपूर्ण जित हात पारेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले संकटा फुटबल क्लबलाई २–१ ले हरायो । यो जितपछि १५ खेलबाट ३१ अंक जोडेको एनआरटी लिगतालिकाको दोस्रो स्थानमा छ । पराजित संकटा भने ३० अंकका साथ तेस्रो स्थानमा छ ।
आइतबार नै भएको खेलमा मच्छिन्द्र फुटबल क्लब र एपिएफ फुटबल क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि १५ खेलबाट मच्छिन्द्रको खातामा २७ अंक छ भने एपिएफको खातामा २६ अंक छ । र, दुवै टोली लिगतालिकाको मध्यतिर छन् ।
Post Comments
Related News
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- जेसी ब्रदर्शलाई डि युनिटी कप यु–२० फुटबल प्रतियोगिताको उपाधि
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न