काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा बुधबार नेपालले बंगलादेशसँग हार बेहोरेपछि त्यो हारको जिम्मेवारी अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिएको एन्फाका महासचिव किरन राईले बताएका छन् ।
महासचिव राईले आफ्नो सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “गाली जति हामीलाई गर्नुहोला । खेलाडीलाई हैन । राष्ट्रिय महिला नेपाली फुटबल खेलाडीहरुलाई उच्च खेल प्रदर्शनको लागि हार्दिक बधाई तथा सम्मान छ। हामी दोस्रो भएका छौ । मित्र राष्ट्र भारत जस्तो शक्तिशाली देशलाई दोस्रो पटक पराजित गरेका छौ। यो हामीले मिलेर गयौं । बङ्गलादेशका चेलिहरुलाई हार्दिक बधाई तथा सम्मान छ।”
स्मरण रहोस, साफ महिला च्याम्पियनसिपतर्फ बंगलादेशले बुधबार नेपाललाई २–१ ले हराउँदै लगातार दोस्रोपटक उपाधि जित्न सफल भएको थियो । यसअघि सन् २०२२ मा नेपाल मै सम्पन्न गत संस्करणको उपाधि पनि बंगलादेशले फाइनलमा नेपाललाई नै हराएर जितेको थियो ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)