News
नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई काठमाडौं महानगरको २५ लाख
काठमाडौं । साफ महिला च्याम्पियनसितर्फ उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगे तापनि बुधबार फाइनलमा बंगलादेशससँग २–१ ले पराजित हुन पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई काठमाडौं महानगरपालिकाले नगद २५ लाख हस्तान्तरण गरेको हो ।
महानगरका मेयर बालेन्द्र साह तथा उपमेयर सुनिता डंगोलले बुधबारको फाइनल खेल लगतै टोलीकी कप्तान अन्जिला तुम्बापो सुब्बालाई भेटेर उक्त रकम हस्तान्तरण गरेका हुन् ।
महानगरले उक्त रकम महिला टोलीलाई प्रोत्साहन स्वरुप उपलब्ध गराएको हो । सो अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतको पनि उपस्थिति रहेको थियो ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न