News ब्रिटिश ओपन एसइइ फुटसल कप हुने
सुरज राना मगर

तिलोत्तमा । ब्रिटिश गामर स्कुल, तिलोत्तमा–१४, रुपन्देहीको आयोजनामा आउँदो जेठ १८ र १९ गतेका दिन प्रथम ब्रिटिश ओपन एसइइ फुटसल प्रतियोगिता हुने भएको छ ।

आयोजक स्कुल कै फुटसल कोर्टमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १००० तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments