News इन्टर स्पोर्टस फाइनलमा, उपाधिका लागि लिस्नुसँग भिड्ने
सुरज राना मगर

बुटवल । इन्टर स्पोर्टस क्लब, बुटवल यहाँ जारी दोस्रो इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो सेमिफाइनलमा आयोजक इभोलुशन क्लब अफ बुटवललाई सडन डेथमा हराउँदै इन्टर उपाधि नजिक पुगेको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा इन्टरका लागि मनिष तामाङले शुरुवाती गोल गरे भने इभोलुशनका लागि सदिप केसीले बराबरी गोल फर्काएका थिए ।

निर्धारित समयको खेल पश्चात टाईब्रेकरमा पनि नतिजा निस्किन नसक्दा सडन डेथमा इन्टरले इभोलुशनमाथि ६–५ को जित निकाल्दै फाइनल प्रवेश गर्न सफल भयो । खेलमा पराजित इभोलुशनका गोलरक्षक निशान राना म्यान अफ द म्याच घोषित भए ।

इन्टरले अब यही जेठ १० गतेका दिन हुने फाइनलमा साविक विजेता इन्टर स्पोर्टस क्लबको सामना गर्ने खेल संयोजक अमर थापा मगरले जानकारी दिए । साथै फाइनल कै दिन बिहान क्लबले खुला रत्तःदान कार्यक्रमको आयोजना गरेको समेत संयोजक थापाले बताए ।

इभोलुशन क्लब अफ बुटवलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५२,२५० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष राम बहादुर पुनले बताए ।

Post Comments