
संक्रान्ति बजार (तेह्रथुम) । स्थानीय त्रिमोहन माविको खेल मैदानमा जारी ऐतिहासिक मदन मेला २०८१ को अवसरमा आयोजित पुरुषतर्फको फुटबल प्रतियोगितामा फोम्बो अवाजुङ कल्याणकारी समाज खाम्लालुङ र छथर जोरपाटी धनकुटा फाइनलमा पुगेका छन् ।
आज भएको पहिलो सेमिफाइनल खेलमा फोम्बो समाजले युनाइटेड एफसी हाङपाङ ताप्लेजुङमाथि ४-० गोलको शानदार जित निकाल्दै उपाधि नजिक पुगेको हो ।
फोम्बो समाजका लागि अनुप सेन्दाङ, सन्तु लिम्बू, सुशिल लिम्बू र मन्जित लिम्बूले १-१ गोल गरेर टिमलाई उपाधि नजिक पुर्याएका हुन् ।
दोस्रो सेमिफाइनल खेलमा गिरी समाज खाम्लालुङमाथि छथर जोरपाटी धनकुटाले टाइब्रेकरमा बाजी मारेको हो । निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।
सुरुवाती अग्रता छथर जोरपाटीले लिएको थियो । उसका लागि तपन काफ्लेले गोल गरेका हुन् । तर, गिरी समाजका लागि विशाल भण्डारीले बराबरी गोल फर्काएका थिए ।
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो
- आयोजक मुनाल र जि.सि २२ सेमिफाइनलमा
- तेह्रथुमको जलजलेमा केलाङ मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता शुरू
- तेह्रथुमको जलजलेमा बैशाख २३ देखि खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने