News कमब्याक जितसहित २८ बिघा सेमिफाइनलमा
गोलनेपाल

चितवन । कमब्याक जित हात पार्दै सेन्ट्रक कलेज २८ बिघा प्रथम भरतपुर १८ गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न पहिलो क्वाटरफाइनलमा न्यु दिव्यज्योति एफसीलाई टाइब्रेकरमा ४ का विरुद्ध ५ गोलले हराउँदै २८ बिघाल सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समय १-१ को बराबरीमा सकिएको थियो । खेलमा अग्रता भने दिव्यज्योतिले अग्रता लिएको थियो । पहिलो हाफको १३ औं मिनेटमा अश्विन तामाङको गोलमा दिव्यज्योतिले अग्रता लिएको थियो ।

तर दोस्रो हाफको ३१ औं मिनेटमा २८ बिघाका विवेक महतोले बराबरी गोल फर्काए । निर्धारित समयमा थप गोल हुन सकेन र खेल टाइब्रेकरमा धलेकियो । जसमा २८ बिघा विजयी भयो । दिव्यज्योतिका अश्विन म्यान अफ दि क्याच भए ।

खेलकुद बिकास समन्वय समिति भरतपुर १८ गुञ्जनगरको आयोजनामा जारी गोल्डकपमा बिहीबार दोस्रो क्वाटरफाइनलका खेल हुनेछ । दोस्रो क्वाटरफाइनलमा आयोजक भरतपुर १८ र अभिषेक चर्च रजहर भिड्नेछन् ।

बैशाख २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख २२ हजार २२२ र उपविजेताले एक लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर र सर्वाधिक गोलकर्ताले जनही पाँच-पाँच हजार तथा म्यान अफ दि म्याचले दुई हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका खेलहरु गोलनेपालबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

Post Comments