News दिनेशको दुई गोलमा माडी विजयी
गोलनेपाल

चितवन । कप्तान दिनेश राना मगरको दुई गोल मद्तमा सेन्ट्रल कलेज प्रथम भरतपुर १८ गोल्ड कप फुटबलमा माडी २ विजयी भएको छ।

मंगलबार भएको खेलमा माडी २ ले भरतपुर २९ लाई ३-१ ले हराएको हो । माडी २ को जितमा दिनेशले पहिलो हाफको १० औं र दोसो हाफको ९ औं मिनेटमा गोल गरे । सन्देश महतोले दोस्रो हाफको १८ औं मिनेटमा माडीका लागि तेस्रो गोल गरे ।

भरतपुर २९ का कश्मिर गुरुङले दोस्रो हाफमा नै गोल एक गोल गरे पनि टोलीको हार टार्न सकेनन् । माडीका कप्तान दिनेश म्यान अफ दि म्याच भए । यो जितसँग माडी २ प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ ।

माडी २ ले अब क्वाटरफाइनलमा सूर्यपुर एफसीको सामना गर्नेछ । सूर्यपुर एफसी बाई पाउँँदै सिधै क्वाटरफाइनमा प्रवेश गरिसकेको छ । खेलकुद बिकास समन्वय समिति भरतपुर १८ गुञ्जनगरको आयोजनामा जारी गोल्डकपमा बुधबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुनेछ । पहिलो क्वाटरफाइनलमा बुधबार न्यु दिव्यज्योति र सेन्ट्रल कलेज २८ बिघा भिड्नेछन् ।

Post Comments