News
केपी ओली कप: एनआरटी सेमिफाइनलमा

काठमाडौं । न्युरोडटिम (एनआरटी) यहाँ जारी केपी ओली कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको पहिलो क्वाटरफाइनलतर्फ एनआरटीले थ्रीस्टार क्लबलाई शुन्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने पहिलो टोली बनेको हो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीका लागि पहिलो हाफतर्फ २८औं मिनेटमा बिबेक गुरुङले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १९ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै