International
कनकाफ गोल्डकपमा साउदीको चुनौति समाप्त, मेक्सिको र होण्डुरस सेमिफाइनलमा

काठमाडौं (एजेन्सी) । क्यानडा र अमेरिकाले संयुक्त रुपमा आयोजना गरिरहेको १८औं कनकाफ गोल्डकपमा पहिलोपटक सहभागि एसियाली राष्ट्र साउदी अरेबियाको चुनौति क्वाटरफाइनलबाटै समाप्त भएको छ ।
क्वाटरफाइनलतर्फ साउदीले साविक विजेता मेक्सिकोसँग ०–२ को हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो । मेक्सिकोको जितमा खेलको ४९औं मिनटमा अर्नेस्टो भेगाले पहिलो गोल गरे भने ८१औं मिनटमा साउदीका अब्दुल्लाह मादुले आत्मघाती गोल गर्न पुगेका थिए ।
त्यस्तै अर्को क्वाटरफाइनलमा होण्डुरसले पनामालाई टाईब्रेकरमा हराउँदै सेमिफाइनल यात्रा तय गर्यो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि टाईब्रेकरमा होण्डुरसले पनामालाई ५–४ ले निराश बनाउँदै अन्तिम चारको यात्रा तय गर्न सफल भयो ।
अब जुलाई २ तारीखका दिन हुने दोस्रो सेमिफाइनलतर्फ मेक्सिको र होण्डुरस फाइनल प्रवेशका लागि भिड्नेछन् ।
Post Comments