News केपी ओली एफसी क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं । शुक्रबारदेखि शुरु भएको केपी ओली कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा आयोजक केपी ओली फुटबल क्लबले विजयी शुरुवात गरेको छ ।

एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा केपी ओली एफसीले लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेड क्लबलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।

केपी ओली एफसीको जितमा जय गुरुङले दुई गोल गरे भने थप एक गोल फोडे फोफनाले गरे । खेलमा फोफना म्यान अफ द म्याच समेत चुनिए । यो जितसँगै केपी ओली एफसी क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १९ गतेका दिन हुनेछ ।

Post Comments