News
छैठौं स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकप गौरीटार रंगशालामा हुने

हेटौडा । छैठौ संस्करणको स्थानिय तह शहिद स्मृती मकवानपुर गोल्डकप यस बर्ष मकवानपुरको हेटौडा ६ मा रहेको गौरीटार रंगशालामा हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघको कार्यसमितिको बैठकले यो निर्णय गरेको हो ।
यसअघी पिप्ले क्याम्पा रंगशालामा प्रतियोगिता आयोजना हुदै आएकोमा यस वर्ष भने निर्माणधिन गौरिटार रंगशालामा आयोजना गर्न लागिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले गोलनेपाल डटकमलाई जानकारी दिए । लामाले मकवानपुरको इतिहास बोकेको रगंशाला भएको कारण उक्त रंगशालालाई चिनाउनको लागी यो वर्ष गौरीटार रंगशालामा प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
मकवानपुरको स्थानिय तहको सहयोगमा माघ १६ गते देखी शुरु हुन गईरहेको प्रतियोगितामा ८ वटा ए डिभिजन क्लब सहित १२ वटा टिमको सहभागिता रहने छ । प्रतियोगिताको बिजेताले १५ लाख र उपबिजेताले १० लाख रुपैया प्राप्त गर्नेछन । त्यसैगरी बिधागत उत्कृट खेलाडीहरुलाई पनि नगद पुरस्कारको ब्यवस्था गरिएको मकवानपुर जिल्ला फुटबल संघका कोषाध्यक्ष्ँ अमृत लुङबाले जानकारी दिए ।
प्रतियोगितालाई बागमति प्रदेश सरकार, सामाजिक बिकास मन्त्रालय र प्रदेश खेलकुद बिकास परिषदले पनि प्रत्यक्ष सहयोग गरेको छ ।
Post Comments