News उत्कृष्ट जितका साथ पञ्चायन उपाधि नजिक
गोलनेपाल

भलुवाचौरी । उत्कृष्ट जित हात पार्दै पञ्चायन फुटबल क्लब यहाँ जारी प्रथम अमाह सिमसार च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेमिफाइनलतर्फ पञ्चायनले आयोजक इन्द्रेणी क्लबमाथि ४–१ को प्रभावशाली जित निकाल्दै उपाध नजिक पुगेको हो ।

पञ्चायनको जितमा उमेश कार्कीले दुई गोल गरे भने सन्दिप लिम्बु र असिम राईले एक–एक गोलको योगदान दिए । पराजित इन्द्रेणीका लागि मन्दिप कार्कीले एक मात्र सान्त्वना गोल फर्काए ।

प्रतियोगिता अन्तरगत असोज ११ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल सप्तकोशी फुटबल क्लब र बेलटार युनाइटेड बीच हुने आयोजकले जानकारी दियो ।

इन्द्रेणी क्लब, बराहक्षेत्र–५, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही असोज १३ गतेका दिन हुनेछ ।

Post Comments