कोटिहवा । साँघुरो जितका साथ कपिलवस्तु–११ यहाँ जारी २१औं लिस्नु कप खुला नाईन ए साईड नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको दोस्रो सेमिफाइनलमा कपिलवस्तुले पाल्पा–११ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो ।
कोटिहवा स्थित श्री पशुपति माविको खेलमैदानमा भएको खेलको अन्तिमतिर कप्तान सन्जु सेन ठकुरीले गरेको एक मात्र गोल कपिलवस्तुलाई जित दिलाउन निर्णायक गोल बन्यो ।
खेलमा म्यान अफ द म्याच भने कपिलवस्तु कै मिलन क्षेत्री चुनिए । उनले पुरस्कार वापत नगद ३५०० र ट्रफी हात पारे । कपिलवस्तुले अब असोज ५ गते शुक्रबार हुने फाइनलमा दावेदार मानिएको फर्साटिकर युवा क्लबको सामना गर्नेछ ।
स्व. जमान सिंह गुरुङको स्मृतिमा छोरा विजय गुरुङ, छोरीहरु टिकमाया गुरुङ, तनुजा गुरुङ र स–परिवारको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५५ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष तिर्थराज मल्लले जानकारी दिए ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने