
काठमाडौं । यहाँ सम्पन्न प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ । बुधबार सम्पन्न फाइनल भिडन्तमा वडा नं १४ ले वडाृ नम्बर १३ लाई ३–२ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।
लैनचौर फुटसल मैदानमा भएको खेलमा वडा नम्बर १४ का लागि मनिष रानाभाटले दुई गोल गर्दा दिलिप थापाले थप एक गोल गरे । उता पराजित वडा नम्बर १३ का लागि अभय राना र आशिष कपालीले गोल गरेका थिए ।
वडा नम्बर १४ का आरोन खड्का फाइनल खेलको म्यान अफ द म्याच चुनिए । विजेता बनेको वडा नम्बर १४ ले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता वडा नम्बर १३ ले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
व्यक्तिगत विधातर्फ वडा नम्बर १३ का आशिष कपाली सर्वोत्कृष्ट खेलाडी चुनिए । वडा नम्बर १४ का मनिष रानाभाटले सर्वाधिक गोलकर्ताको पुरस्कार जित्दा उत्कृष्ट गोलरक्षक पनि वडा नम्बर १४ कै विपिन थापा मगर घोषित भए । विधागततर्फ उत्कृष्ट बनेका सबैले जनही १०–१० हजारसहित ट्रफी हात पारे ।
विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल र आयोजक वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनले पुरस्कृत गरेका थिए ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न