
काठमाडौं । मुख्य प्रशिक्षक भिन्सेन्जो अलबर्टो एनिसले म्यानमार विरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरेका हुन् । भिन्सेन्जोले आइतबार २३ सदस्यीय फाइनल स्क्वाड घोषणा गरेको कुरा अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि जानकारी गराएको छ ।
स्मरण रहोस, नेपालले फिफा विन्डो अन्तरगत यही सेप्टेम्बर ८ र ११ तारीखका दिन यांगोनमा घरेलु टोली म्यानमार विरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ । त्यसपछि अक्टुबरमा फिफा विश्वकप र एएफसी एसियन कपको पहिलो चरणको छनौट खेल अन्तरगत लाओससँग खेल्ने पनि तय भईसकेको छ ।
नेपालको फाइनल स्क्वाडः
गोलकिपर्सः किरन कुमार लिम्बु, दिप कार्की, अभिषेक बराल
डिफेन्डर्सः अनन्त तामाङ, आशिष गुरुङ, सनिस श्रेष्ठ, रोहित चन्द, अन्जन राई, छिरिङ लामा
मिडफिल्डर्सः अरिक बिष्ट, सुदिप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिष रत्न छुन्जु
फरवार्डसः आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन बिष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न