News मोन्स्टर गाईज २४औं लिस्नु कपको क्वाटरफाइनलमा
गोलनेपाल

कोटिहवा । पाहुना टोली नवलपरासीको मोन्स्टर गाईज, सुनवल रुपन्देहीमा जारी प्रतिष्ठित २४औं लिस्नु कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फ मोन्स्टरले समपुर्ण युवा क्लब, सुपौली, रुपन्देहीलाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । मोन्स्टरको जितमा म्यान अफ द म्याच समेत घोषित विदेशी खेलाडी सिल्लाह र निराजन खत्रीले गोल गरे । उता पराजित समपुर्णका लागि मयन्क मगरले गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत असोज ३ गते शनिबारको चौथो प्रिक्वाटरफाइनल खेल नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपपल र देवदह ब्वाईज, देवदहबीच हुने खेल संयोजक रोमन गुरुङले जानकारी दिए ।

 लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०१,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही असोज ११ गतेका दिन हुनेछ ।

Post Comments