News
मच्छिन्द्र र पारोबीच हुने खेलको टिकट ई–सेवाबाट खरिद गर्न सकिने
काठमाडौं । प्रतिष्ठित एएफसी कपको पहिलो चरणको छनौट खेल अन्तरगत नेपालको प्रतिनिधित्व गरिरहेको मच्छिन्द्र फुटबल क्लब र भुटानको लिग च्याम्पियन पारो एफसीबीचको खेल हेर्न दर्शकहरुले डिजिटल पेमेन्ट गेट–वे ई–सेवाबाट टिकट खरिद गर्न सक्ने भएका छन् ।
टिकटिङ अधिकार पाएको माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेण्ट प्रा.लि.ले विज्ञप्ती जारी गर्दै मच्छिन्द्र र पारोबीच अगस्त ८ तारीख (साउन २३ गते) का दिन हुने एएफसी कपको पहिलो चरणको छनौट खेलको टिकट खरिदबारे जानकारी गराएको थियो ।
त्यस्तै टिकट मुल्य भिआईपीतर्फ ५०० तोकिएको छ भने सामान्य प्यारापिटतर्फ २०० तोकिएको म्यानेजमेण्टले जनाएको छ । साथै खेल दशरथ रंगशालामा बेलुाक ५ः३० बजेदेखि शुरु हुने यसअघि नै अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी गराईसकेको छ ।

Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट