News
मच्छिन्द्रलाई एभरेष्ट हस्पिटलको साथ
काठमाडौं । प्रतिष्ठित एएफसी कपको छनौट खेल खेल्ने तयारीमा रहेको मच्छिन्द्र फुटबल क्लबलाई एभरेष्ट हस्पिटलले साथ दिने भएको छ । एएफसी कपका लागि भनेरै मच्छिन्द्र र एभरेष्ट हस्पिटलबीच सम्झौतापत्रमा हस्ताक्षर र आदान प्रदान समेत भयो ।
एएफसी कपको छनौट खेल अन्तरगत एभरेष्ट हस्पिटलले मच्छिन्द्रलाई दक्ष स्वास्थ्यकर्मीसँगै विशेष स्वास्थ्य सेवा उपलब्ध गराउनेछ । त्यस्तै टोलीको रिह्याब इन्चार्जमा डाक्टर सुरज भुषाल रहने पनि क्लबले जनाएको छ । दुवै पक्षबीच भएको सम्झौताबारे विस्तृत रुपमा भने खुलाइएको छैन ।
स्मरण रहोस, मच्छिन्द्रले एएफसी कपको पहिलो चरणको छनौट खेलतर्फ यही अगस्त ८ (साउन २३ गते) तारीखका दिन भुटानी लिग च्याम्पियन पारो फुटबल क्लबसँग खेल्ने कार्यक्रम छ । जुन खेल दशरथ रंगशालामा हुने पनि तय भईसकेको छ ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट